काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ३३ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको रेट ४४ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया