डिएसपी ठगबहादुर केसी बर्खास्त

डिएसपी ठगबहादुर केसी बर्खास्त


काठमाडौँ ।

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘आजको मितिबाट गृहले नोकरीबाट हटाएको छ,। प्रहरी प्रधान कार्यालयले झन्डै एक महिना अघि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले भने।

यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो। छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको हो।

गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए। उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो।

समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो। डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले यसअघि निलम्बन गरेको थियो।