निर्वाचन अगावै एनआरएनए माल्टा फुटको संघारमा

निर्वाचन अगावै एनआरएनए माल्टा फुटको संघारमा


काठमाडौँ ।

एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको संघारमा पुगेको छ।

निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्याल बाबुले निर्वाचन समित अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरुको माग बिपरित र जनमानसको भावना बिपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभाबमा पार्ने सहज हुने तरिकाले निर्वाचन समितिको संयोजक अगाडि बढेको छ।

आचारसंहिता एकपक्ष रुपमा आधिकारिक पेजबाट सार्वजनिक गरेसंगै अन्य निर्वाचन समिती सदस्य सचिब आकाश गुरुङ, हरि प्रकाश बिस्वकर्मा र उज्वल केसिले असहमत राख्दै अर्को आचार संहिता एनआरएनएको आधिकारिक फेसबुक पेजबाट प्रकाशित गरेको छ।

संयोजक अर्यालले एकलौटी तरिकाले अगाडि बढेको र कसैको रिमोट भएर चलेको आरोप लागेको छ। दुई पक्षिय आचारसंहिता तल उल्लेख गरिएको छ।

निर्वाचन समिति सदस्य सचिव गुरुङ, विश्वकर्मा र केसीले निर्वाचन समितिको संयोजकले सदस्य सचिवको क्षेत्राधिकार खोसेको आरोप लगाएका छन्।

राजु अर्यालले जारी गरेको आचारसंहिता

केसी,गुरूङ र विश्वकर्माले जारी गरेको आचारसंहिता