काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.२० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.९७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४२ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८१ रुपैयाँ रहेको छ।
प्रतिक्रिया