एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो ?

एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो ?


काठमाडौँ ।

झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ।

विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख भने बिदामा बसेको पाइएको हो।

अहिले विमानस्थल भन्सार कार्यालयका प्रमुखमा सहसचिव अरुण पोखरेल छन् । उनी १७ असारदेखि बिदामा छन्। उनले १७ भदौसम्मका लागि बिदा स्वीकृत गराएका छन्। ढाडमा समस्या आएको भन्दै दुई महिना लामो बिदामा बसेका पोखरेलले बिदाको जानकारी अर्थमन्त्री डा प्रकाशशरण महत र भन्सार विभागको महानिर्देशकलाई पनि गराएका थिए।

यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुखमा बिदामा थिए भन्सार र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुनचन्द ठकुरी छन् । उनी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ भनेर यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

उनी बिदामा बसेकै दिन राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो। उनले मंगलबारबाट लागू हुनेगरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एकसाता लामो बिदा स्वीकृत गराएका थिए।

उनी अब आगामी मंगलबार मात्रै कार्यालय उपस्थित हुनेछन्। उता, भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस भइसकेको छ।