सिनामंगलमा भेटिएको वस्तु बम नभएको पुष्टि, एक जना पक्राउ

सिनामंगलमा भेटिएको वस्तु बम नभएको पुष्टि, एक जना पक्राउ


काठमाडौँ ।

काठमाडौँ सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोज गरेको छ। उक्त वस्तु बम नभएको सेनाले जनाएको छ।

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोली घटनास्थल पुगेको थियो।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मोबाइल फोनको तालरे बाँधेर बमजस्तो बनाइएको सेनाले जनाएको छ। नेपाली सेनाले शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो। नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।

घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।