अस्ट्रेलियन डलरको भाउ आज पनि घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

अस्ट्रेलियन डलरको भाउ आज पनि घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ६५ पैसा रहेको छ। सोमबारको तुलनामा आज (मंगलबार) अस्ट्रेलियन डलर ४७ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। अस्ट्रेलियन डलर सोमबार ३९ पैसाले घटेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा र बिक्री दर १४७ रूपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।