काठमाडौँ ।
केन्द्रबिन्दु अनलाइन मिडियाले काठमाडौँको नक्साल स्थित होटेल मेरिएटमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयलाई केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८० बाट सम्मान गरेको छ।
देशभरका २२ वटा सामुदायिक विद्यालयलाई केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८० बाट सम्मानित गरेको हो। सम्मानित हुने विद्यालयहरुमा सेन्ट जेभियर्स कलेज माइतिघर र जावलाखेल,ख्वपमावि भक्तपूर,अमर सिंह मावि पोखरा,नेपाल पुलिस स्कूल सांगा, सैनिक महाविद्यालय भक्तपूर, एसओएस हर्मेन जिमेनियर स्कूल भक्तपूर, काभ्रे, चितवन, कालिका मानविज्ञान बुटवल, विश्वनिकेतन मावि त्रिपुरेश्वर,वज्रवाराहीमावि चापागाउं,जन ज्योतिमावी सुर्खेत,पद्मोदय पब्लिकनमुना मावि दाङ,पब्लिकहाइ स्कूल धरान,देवि मावि बिर्तामोड,पोखरीया मावि विराटनगर,ज्ञानोदय मावि बाफल काठमाडौं,वागिश्वरी मावि भक्तपुर,वालमन्दिर मावि कास्की,सरस्वतिमावि सिन्धुली,ओम मावि सन्तपुर रौतहड,मस्टो सरस्वतिमावी कालिकोट,वरुणेश्वर मावि ओखलढुङ्गा,ऐसेलु भूमे मावि नुवाकोट रहेका छन।
उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्याल,नेपाली काग्रेसकी सहमहामन्त्री डा.डीना उपाध्याय महालक्ष्मी,पूर्व मन्त्री एवम काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ लगायतका विभिन्न शिक्षाविद्हरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न व्यक्तिहरूले राज्यले गर्नुपर्ने काम केन्द्रबिन्दु अनलाइनले गरेकोमा यसका निर्देशक बिदुर खतिवडाको खुलेरै प्रशंसा गरेका थिए भने शिक्षा सम्बन्धी आफ्ना विचारहरू पनि प्रस्तुत गरेका थिए।

हामीले केन्द्रबिन्दुका प्रबन्ध निर्देशकलाई के का आधारमा अवार्ड प्रधान गरे भन्ने प्रश्नमा उनले भने विद्यालयले पछिल्लो ५ वर्षमा प्राप्त गरेको नतिजा,विद्यार्थी संख्या, विद्यालयको भर्नादर, भौतिक संरचना, शैक्षिक वातावरण, सिकाई पद्धति लगायतलाई आधार मानेर अवार्ड प्रदान गरिएको जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले सम्मानित व्यक्ति र संस्थालाई सम्मान पत्र प्रदान गरेका थिए। त्यसतै केन्द्रबिन्दुले करिब ३ दशक देखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका २० जना व्यक्तित्वलाई समेत केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८० बाट सम्मान गरिएको थियो।

प्रतिक्रिया