काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ५१ पैसा रहेको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया