आज डलर घट्दा अष्ट्रेलियन डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलर घट्दा अष्ट्रेलियन डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ २३ पैसा रहेको छ। अधिल्लो दिन (बुधबार)को तुलनामा आज अष्ट्रेलियन डलरको भाउ २३ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।