नर्ससँग यौनसम्पर्क गर्दागर्दै बिरामीको मृत्यु

नर्ससँग यौनसम्पर्क गर्दागर्दै बिरामीको मृत्यु


वेल्स ।

बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्बजनिक भएको छ।

ती बिरामीसँग सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन्।

नर्सले बिरामीको यौनसम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो। भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरू पार्किङस्थलमा पुगेका थिए, उनीहरूले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए।

ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र यौन सम्पर्क गर्दागर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो। मिडिया रिपोर्ट द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो।

मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाई मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए। तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन्।

नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाई पनि हृदयघात भएको बारेमा जानकारी नदिइ लुकाएकी थिइन्। बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाई बोलाएका थिए।

द टेलिग्राफका अनुसार नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’मात्र बिताएकी थिइन्। उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरूमा सम्बन्ध अस्विकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन् र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन।