आज अष्ट्रेलियन डलरको रेट ८८ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेट ८८ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९६ पैसा रहेको छ। अधिल्लो दिन (मंगलबार)को तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ८ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।