मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने

मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने


काठमाडौँ ।

६ जनाको ज्यान जाने गरी मंगलबार भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ।

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन्। उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ।

सो हेलिकप्टर दुर्घटना हुँदा पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एक जना नेपाली क्याप्टेन चेतबहादुर गुरुङको निधन भएको छ।