कति पुग्यो अष्ट्रेलियन डलरको रेट ?

कति पुग्यो अष्ट्रेलियन डलरको रेट ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।५८ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.३५ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७६ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँ रहेको छ।