काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ११ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलर २९ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया