बढ्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर ?

बढ्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ र बिक्री मूल्य ८८ रुपैयाँ ४० पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर ५५ पैसाले बढेको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २० पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।