काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ७० पैसा र बिक्री दर १६७ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया