विक्षिप्त भएका विपक्षीले बबण्डर मच्चाए : प्रधानमन्त्री प्रचण्ड

विक्षिप्त भएका विपक्षीले बबण्डर मच्चाए : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफुले बोलेको कुरालाई विक्षिप्त भएका विपक्षीले बबण्डर गर्न खोजेको बताएका छन्।

बुधबार काठमाडौंको किर्तिपुरमा अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको तेश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तकमा रहेका बिषयमा आफुले अभिव्यक्ति दिएपनि विपक्षीले बबण्डर गर्न खोजेको बताएका हुन्।

उनले केहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफुले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने जिकिर गरे। उनले अनावश्यक बबण्डरको बेलुन सछटै फुट्ने जिकिर गरे ।

सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारको कामदेखेर विपक्षीहरु तर्सिएको धारणा राखे।

उनले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्न लागेको र बृहत एकतासहित अगाडि बढ्ने तयारी भइरहेको उल्लेख गरे। माओवादीलाई घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्ने उनले बताए।

उनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुने भन्दै सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरुलाई जनताले ठिक पार्ने उल्लेख गरे।