काठमाडौँ ।
भारतले १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले नवौँपटक साफ च्याम्पनियनसिपको उपाधि उचालेको हो।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गरिएको थियो। शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भ ।
पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो।
प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो।
उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ। उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ।
प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया