काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ९३ पैसा रहेको छ। मंगलबारको तुलनामा अष्ट्रेलियन डलर ४६ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ। यस्तै अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ १७ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४३ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ११ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २२ पैसा छ।
साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०९ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८१ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ।
प्रतिक्रिया