आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ७ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ४७ पैसा रहेको छ। सोमबारको तुलनामा आज(मंगलबार) अष्ट्रेलियन डलरको रेट २५ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।