एक्कासी हिलाम्मे मकैवारीमा हेलिकप्टर ल्याण्ड भएपछि..!

एक्कासी हिलाम्मे मकैवारीमा हेलिकप्टर ल्याण्ड भएपछि..!


काठमाडौँ ।

झमझम पानी परिरहेको बेला एकाएक घर नजिकै मकैवारीमा हेलिकप्टर ल्यान्ड हुँदा हजुरलाई कस्तो लाग्ला ? यस्तो परिस्थितीको सामाना गरिरहेकाहरुलाई त सामान्य लाग्ला तर सामान्य मान्छेहरुको त यो अवस्थामा होस हवास उड्छ।

ठ्याक्कै यस्तै भएको छ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ बरवासमा। असार १५ गते साँझ करिव पाँच बजे स्याला स्थित हिलाम्मे मकैवारीमा एकाएक हेलिकप्टर अवतरण हुँदा स्थानीयहरु आतंकित भए। कुनै जानकारी विना एकाएक हावासरी आएको हेलिकप्टर हिलाम्मे मकैवारीमा ल्यान्ड हुँदा केहीवेर सन्नाटा छायो।

मौसम खरावीका कारण रनभुल्लमा परेर मकैवारीमा केही बेरका लागि ल्यान्ड भएको हेलिकप्टर मौसम सुधार हुनासाथ गन्तव्यमा पुगेको छ। डोल्पाबाट बिरामी लिएर पोखराका लागि उडेको हेलिकप्टर शुक्रवार अवेर पोखरा पुगेको जनाइएको छ।

खास के भएको थियो घटना ?
विरामी लिनको लागि पोखराबाट डोल्पाको लागि हिडेको हेली एभरेष्टको हेलिकप्टर बिहान सन्धिखर्क टुडिखेलमा आकस्मिक अवतरण गर्यो। बिहान करीव साढे दश बजेतिर टुडिखेलमा अवतरण गरेको हेलिकप्टर सन्धिखर्कमा करीव आधा घण्टा विताएर गन्तव्यतर्फ प्रस्थान गर्यो।

डोल्पा पुगेपनि मौसम खरावका कारण तत्काल विरामी बोकेर हिड्न नसकेको हेलिकप्टर डोल्पाबाट पोखराको लागि उडान भरेकोमा मौसम खरावीका कारण विचविचमा रोकिदै यात्रा अगाडी बढायो।

जसअन्तरगत दिउसो करीव ४ बजेतिर अर्घाखाँची भुमिकास्थान वडा न ७ श्याला स्थित बारिमा आकस्मिक अवतरण गरेको थियो। मौसममा केही सुधार आएकपछि त्यहाँबाट पुन उडान गरेको हेलिकप्टर सकुशल पोखरा अवतरण गरेको सहि हेलिकप्टरका क्यप्टेन सुमन पोख्रेलले फोन मार्फत जानकारी गराएका छन्।