आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज पनि घट्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १४ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलर १८ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। शुक्रबार अष्ट्रेलियन डलर १० पेसाले घटेको थियो।

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।