निरन्तर घट्दो दरमा अष्ट्रेलियन डलर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

निरन्तर घट्दो दरमा अष्ट्रेलियन डलर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ २२ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर १० पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। बुधबार अष्ट्रेलियन डलर ६८ पैसाले घटेको थियो।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ७९ पैसा र बिक्री दर १६६ रूपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।