कामठाडौँ ।
पशुपतिनाथको मन्दिरको जलहरीबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीको नाम हटाएर पुनस्र्थापन गरिएको छ। सुनको जलहरी बनाउँदा भण्डारी राष्ट्रपति र ओली प्रधानमन्त्री थिए। यसैले उनीहरूको नाम राखिएको थियो।
जलहरीको सुत तौल गर्ने क्रममा भण्डारी र ओलीसहित १३ जनाको नाम हटाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा भण्डारी र ओलीसहित १३ जनाको नाम जलहरीबाट हटाइएको हो । जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएको नाम हटाइएको बताइएको छ।
मन्त्री किरातीले जलहरीमा नाम लेखाउनु पनि भ्रष्टाचार गर्नु भएको भन्दै यसरी नाम लेख्दै जान असम्भव भएकाले हटाउन निर्देशन दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ।
जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ। जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको छ। राति सवा एक बजेसम्म सुनको तौल लिइएको थियो।

प्रतिक्रिया