काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३२ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ६८ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २५ पैसा र बिक्री दर १६७ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया