पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिँदै

पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिँदै


काठमाडौँ ।

नापतौलका लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ। गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो।

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो।

जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन।

भारतको कर्नाटकबाट आएका भास्कर भट्टको टोलीले तीन दिनसम्म विशेष क्षमा पूजा गरिरहेको र पुजा सकिएपछि जलहरीको पुनस्थापना गरिने छ।

जलहरी जडानका लागि आवश्यक पर्ने लाहा पनि भारतबाट आइसकेको छ। मंगलबार राती भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको हो।