यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ८८ रुपैयाँ रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलरको मूल्य १८ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर १३१ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ७६ पैसा र बिक्री दर १६७ रूपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।