काठमाडौँ ।
चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा काठमाडौँ आइपुगेका छन्। मंगलबार उनी चार्टड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थल अध्यागमन विभागका प्रमुख रामबन्धु सुवेदीले एक घण्टा अघि मात्र नेपाल आइपुगेको बताए। उनका अनुसार उनी बंगलादेशबाट आएका हुन्।
उनले भने, ‘ज्याक मा ले १५ दिनको भिसा लिएका छन्। सात जनाको संख्यामा छन्। व्यापारिक भ्रमणका लागि आएका हुन्।’

प्रतिक्रिया