अष्ट्रेलियन डलरमा आज सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरमा आज सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४९ पैसा रहेको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो भने युरो एकको खरिद दर १४२ रुपैयाँ ६३ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो।

उता, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा तोकेको राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसामा कारोबार गर्ने अनुमति दिएको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसामा मंगलबार कारोबार हुनेछ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार हुनेछ।