आज घट्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज घट्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (११ असार २०८०, सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

सोमबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ २५ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८६ पैसा छ। आइतबारको तुलनामा अष्ट्रेलियन डलर २० पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ‍२४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३२ पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ११ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८२ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०५ पैसा छ।