काठमाडौँ ।
आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो। त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईसकेको छ।


प्रतिक्रिया