काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ १ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ५१ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। बुधबार ४२ पैसाले घटेर कारोबार भएको थियो।
यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०१ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया