रास्वपाले आज चियापान कार्यक्रम गर्दै, क-कस्लाई गर्याे आमन्त्रण ?

रास्वपाले आज चियापान कार्यक्रम गर्दै, क-कस्लाई गर्याे आमन्त्रण ?


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चियापान कार्यक्रम गर्ने भएको छ। पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा रास्वपाले चियापान गर्ने भएको हो।

चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ। रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ।