काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाकार रेशु अर्यालले आफ्नो पदबाट राजिनामा दिएकी छिन्। शिक्षा सल्लाकार अर्यालले महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को कार्यशैलीमा असन्तुष्टि जनाउदै उक्त पदबाट राजिनामा दिएको बताएकी हुन्।
अर्यालले आफ्नो सामाजिक सञ्जालमार्फत आफुले शिक्षा सल्लाकारको पदबाट राजिनामा दिएको जानकारी दिइन्। हालै भएका शिक्षासम्बन्धी काम, निर्णय लिने दृष्णिकोण र मेयर बालेनको प्रत्यक्ष निर्देशनमा हुने निर्णयहरु आफ्नो मूल्यमान्यता विरुद्ध रहेकाले राजीनामा दिएको उनले उल्लेख गरेकी छन्।
पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो। तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताएकी छन्।
‘हालैका केही कार्यहरु, निर्णय लिने दृष्टिकोण र बालेनको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरु मेरो मूल्यमान्यता विरुद्धमा भएका छन् र स्थार्थको द्वन्द्वको स्थिति सिजृना गरेको छ। त्यसैले मैले उहाँको सल्लाहकारको रुपमा रहेको पदबाट राजीनामा दिएकी छु, उनले भनेकी छन्।
सानो अर्थतन्त्र र व्यवसाय गर्ने व्यक्तिहरूलाई जबर्जस्ती नगर प्रहरी लगाएर धरपकड गरेको विषय पनि आफूले पटक–पटक उठाउँदा सुनुवाइ नभएको अर्यालले बताइन्। शिक्षामा नैतिकताको कुरा आउने भएकाले ठेला हटाउँदा तीनको व्यवस्थापन र लात्ती हानेको भिडियोले नैतिक प्रश्न उठाएको उनले बताइन्। ‘नैतिकता र शिक्षा भनेको सँगसँगै जान्छ । शिक्षा भनेको समाज बनाउने कुरा हो सबैलाई सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ,’ अर्यालले भनिन्, ‘बन्द गराउने हो भने प्रक्रिया पूरा गरेर व्यवसायीहरूलाई सबै सूचना दिनुपर्छ, फेसबुकमा स्टाटस लेखेर होइन।’
अर्यालले आफू महानगरको नागरिक र मतदाताको हैसियतले सधै परामर्शमूलक लोकतान्त्रिक अभ्यासको पक्षमा रहेको उल्लेख गरेकी छन्।
‘निर्णयहरु घोषणा गर्नुअघि र एक स्वस्थ्य, लोकतान्त्रि र दयालु समाज निर्माण गर्न, जहाँ मान्छे क्रासले शासित हुँदेनन, अनुसन्धान, स्थानीय सरकारको सिमिततालगायतले महत्व राख्छ’ उनले भनेकी छन् ।
१० महिना अघि शिक्षा सल्लाहकार रुपमा नियुक्त भएकी उनले आगामी दिनमा पनि आफूले विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतान्त्रिकको विषयलाई निरन्तरता दिने पनि बताएकी छिन्।


प्रतिक्रिया