आज अष्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ११ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ४२ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।