काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएाए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालद्वारा युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
‘युवाहरुहरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन।
गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन। गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन। नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटि कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढन खोजेको उनको भनाइ छ।

प्रतिक्रिया