कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख


सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ। ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रस्तुत गरेका हुन्।

यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ। बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ।