कृष्ण पहाडीसहित मानवअधिकारवादीहरु पक्राउ

कृष्ण पहाडीसहित मानवअधिकारवादीहरु पक्राउ


काठमाडौँ ।

कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन्। नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए।

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।