आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५० पैसा रहेको छ। मंगलबारको तुलनामा अष्ट्रेलियन डलरको मूल्य ३ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा र बिक्री दर १६६ रूपैयाँ ०२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।