काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। सोमबार दाहाललाई फलो अप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।
लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो। तर, आज सीतालाई फलो अप उपचारका लागि नर्भिकमा लगिएको बताइएको छ।

प्रतिक्रिया