दुई दिन निरन्तर बढेको अष्ट्रेलियन डलर आज घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

दुई दिन निरन्तर बढेको अष्ट्रेलियन डलर आज घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर २१ पैसाले घटेको छ। पछिल्लो समय ओरालो लागेको अष्ट्रेलियन डलर बुधबार र बिहीबार भने बढेको थिया।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४३ पैसा र बिक्री दर १४२ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।