आज पनि बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज पनि बढ्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६९ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ ५२ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ। बुधबार अष्ट्रेलियन डलर ८८ पैसाले बढेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।