आज झन्डै एक रूपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज झन्डै एक रूपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलरको रेट ८८ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।