काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६० पैसा र बिक्री दर १६४ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया