गगनलाई देउवाको जवाफ: ‘मलाई गाली गरेर पार्टी बलियो हुँदैन’

गगनलाई देउवाको जवाफ: ‘मलाई गाली गरेर पार्टी बलियो हुँदैन’


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताएका छन्।

शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे।

उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारे । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताए।

केही दिन यता सार्वजनिक कार्यक्रममा महामन्त्री गगनकुमार थापाले सभापति देउवाका कारण पार्टी कमजोर भएको आरोप लगाउँदै आएका छन्। उनले विशेष महाधिवेशनको आयोजना गरी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।