आज एक रुपैयाँ बढीले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज एक रुपैयाँ बढीले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ एक रुपैयाँ ३८ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।