काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ २३ पैसाले बढेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया