बाँकेमा भयानक सडक दुर्घटना, डा. सञ्जु खड्कासहित दुई जनाको मृत्यु

बाँकेमा भयानक सडक दुर्घटना, डा. सञ्जु खड्कासहित दुई जनाको मृत्यु


काठमाडौँ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

आज धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुर आउँदै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. सञ्जु खाती खड्काको ज्यान गएको प्रहरीको भनाइ छ।

प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ।