आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ। सोमबारको तुलनामा आज अष्ट्रेलियन डलर ३२ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।